दोलखा, किरातीछाप र हामी किरातीहरु


चन्द्रकुमार राई हतुवाली
अध्ययनको क्रममा वि.सं.२०४५ सालमा काठमाडौं प्रवेशसँगै दोलखाको नाम नजिकबाट सुन्न पाएको हुँ । नेपाल ल क्याम्पसमा अध्ययन गर्ने क्रममा दोलखाका साथी श्याम बस्नेत (अधिवक्ता तथा सम्पदा मासिकका सम्पादक), उनकै दाइ कुमार बस्नेतसँग हामी कक्षागत साथी । त्यसरी नै मकवानपुर बसाइका क्रममा जेटीए देव खड्कासँगका सामिप्यता । किरात राई बान्तावाको इतिहास बोक्ने बुङवाखाको निकाल्ने क्रममा कम्प्युटर र डिजाइनमा सहयोग गर्नु हुने भाइहरु दिपक वली र रमेश वलीको हातेमालोले दोलखा जिल्लासँगको सामिप्यता निकै गहिरो नै हो भन्ने मलाई लाग्छ । पछिल्लो चरणमा श्रीमति इन्दिरा राईको युुएनडिपीको रोजगारको क्रमले झन यो सामिप्यलाई प्रगाढ बनाएको छ नै, अर्कोतिर दोलखा र किरात इतिहासको सम्बन्धलाई ताजा बनाउन र मेसो फुकाउन मदत पुगेको छ भन्ने अनुभव भएको छ । Read more

साकेला र साकेला सिलि सास्कृतिक परिचय


सुमन राई
सुमन राई - २०७४ साल बैसाख २७ गते बुधबारदेखी (यलेदोङ५०७७)किरातहरुको महानचाड साकेला उभौली धुमधाम रुपमा सुरुभएको छ । चार किरात संस्थाको संयुक्त रुपमा किरात माङहिम सानो हात्तिवन ब्यावस्थापन समितिले लिलितपुरको किरात माङहिममा बिहान ८ः०० वजे देखी बिधिपुर्वक पुजा गरी सुरु गरिएको थियो । किरात राईहरुले साकेला,किरात लिम्बुहरुले चासोक तङनाम,किरात सुनुवार कोईचहरुले फोलस्यादर,किरात याख्खाहरुले चासुवा भनेर पुकारिन्छ भने समग्रमा प्रकृति पुजक किरातहरुले भुमि पुजा गर्ने गरिन्छ । बिसेस गरी बर्षमा दुईचोटी यो चाड मनाईन्छ ।उभौली बैसाखे पुर्णिमा र उधौली मंसिरे पुर्णिमा ।
Read more

सुप्तुलुङ (तीनचुला)


अधिवक्ता शान्ति देवी राई

किरात राई समाजमा सुप्तुलुङ लाई मौलिक संँस्कृति तथा धार्मिक आस्थाको केन्द्र विन्दु मानिन्छ । मु न्धु मी कार्यविधिहरु गर्न गराउन सुप्तुलुङ एक महत्वपूर्ण ठाँउ वा स्थान हो । सुप्तुलुङले मुन्धुमलाई अझ गरिमामय र विशाल वनाउने काम गर्दछ । किरात राईहरुको प्रमुख पहिचानको प्रतिरुप सुप्तुलुङ हो । यसलाई सामाजिक संरचनाको स्तम्भ पनि मान्न सकिन्छ । किरातराईहरुको साँस्कृतिक अनुष्ठानको केन्द्रविन्दु भन्दा पनि फरक पर्दैन । सुप्तुलुङ किराती पूर्खाहरुले छाडिगएको पुर्खेउली सम्पत्ति हो ।
Read more

किरात राई जाति हुनुमा के–को पीडा ?

-गणेश राई किरात राई जातिका सहअस्तित्व बचाउन त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै रहेका राई विद्यार्थीहरूले किरात राई विद्यार्थी सांस्कृतिक तदर्थ समिति गढन गरेका थिए,वि.स.२०४५ सालतिर । त्यही तदर्थ सकितिले अन्तत किरात राई यायोक्खाको रूप लिन पुगेको हो । यसको केन्द्रीय कार्यलय काठमाडौंमा रहेको छ । भने आज आएर किरात राई यायोक्खा २३ जिल्लामा शाखा विस्तार भइसकेको छ । Read more